दुखद खबरः ओखलढुङगामा बोलेरो दुर्घटनाः एक वालिका सहित ३ जनाको मृत्युु

ओखलढुङगामा बोलेरो दुर्घटना हुदा ३ जनाको ज्यान गएको छ । मंगलबार विहान जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका वडा नं ४, धुसेनीमा ना १ ज ८३३२ नंबरको बोलेरो दुर्घटना भएको हो ।

मृत्यु हुनेहरुमा मानेभञ्ज्याङ गाउपालिका वडा नं ४ धुसेनीका स्थानीय ७१ वर्षिय बिना माया आले मगर, ५१ वर्षकि टुल्किमाया आले मगर र ५ वर्षिय वालिका डोल कुमारी आले मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। चालकलाई भने मिसन अस्पताल ओखलढुंगामा उपचारको लागि पठाईएता पनि अवस्था निकै गम्भिर रहेको हुदा अस्पतालबाट  काठमाडौं रेफर गरेको अस्पताल स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार