आजको मौसम कस्तो ?

काठमाडौँ । मनसुनको न्यून चापीय रेखाको प्रभावले प्रदेश नम्बर १ का इलाम, झापा, मोरङ, सुनसरीसहितका जिल्लामा ‘अति भारी’ वर्षा भएको छ नेपाल बाढी सूचना केन्द्रले सार्वजनिक गरेको सूचना अनुसार झापाको चन्द्रगढी आसपास २५० मिलिलिटरभन्दा बढी वर्षा भएको छ ।

यस्तै झापा, मोरङ, सुनसरीको भारतीय सीमा आसपास पनि मध्यम देखि ठूलो बर्षा भएकाले मेची, विरिङ, निन्दा लगायत झापा ,मोरङ सुनसरी भई बहने स९साना नदीमा आकस्मिक बहाव हुन सक्ने भएकाले १२ बजे सम्म सतर्क रहन आह्वान गरिएको छ । यस्तै चितवन, कास्की लगायतका जिल्ला तथा आसपासका क्षेत्रमा पनि भारी वर्षा भएको केन्द्रले जनाएको छ ।

अहिले पनि प्रदेश नम्बर १, बागमती प्रदेश र गण्डकी प्रदेशमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति पनि प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षा हुने भएकाले आवश्यक सतर्कता अपनाउँन महाशाखाले आह्वान गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार