देशभर ९०२ जनामा कोरोना संक्रमणको पुष्टि

काठमाडौँ । काठमाडौँ उपत्यकामा आज ३ सय ९६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । जसमध्ये काठमाडौँमा आज ३ सय जनामा, ललितपुरमा ३८ र भक्तपुरमा ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै देशभर आज ९०२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै देशभर कुल संक्रमितको संख्या ४८१३८ पुगेको छ ।

आज देशभर १०६११ जनाको पिसिआर परिक्षण गरिएकोमा ९०२ जनाको रिर्पोट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै नेपालमा आज २२८७ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३२९६४ पुगेका छन् । त्यस्तै आज कोरोनाबाट ६ जनाको ज्यान गएको छ । सोमबरा ११ जनाले ज्यान गुमाएकोमा आज भने ६ जनाले ज्यान गुमाएसँगै दशेभर कोरोनाकाट मृत्यु हुनेको संख्या ३ सय ६ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार