बुधबार ६ जनाको कोरोना संक्रमणबाट ज्यान गयो, ज्यान गुमाउनेको संख्या १ सय २० पुग्यो

काठमाडौं । नेपालमा बुधबार ६ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । कोरोनाबाट ज्यान गुमाउनेमा काठमाडौँका १, बदिर्यामा १ पुरुष तथा मोरगं, भक्तपुर सुनसरी र चितवनमा १ ख्ख्१ जना महिला गरी जम्मा ६ जनाले ज्यान गुमाएका छन् । यो सहित नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ सय २० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ६८१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १ सय २० जनाले कोरोनालाई जितेर फर्किएका छन् । योसँगै नेपालमा कोरोनालाई जितेर घर फर्किनेको संख्या १७ हजार ७०० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा १ सय ५९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । जसमध्ये ललितपुरमा १७ र भक्तपुरमा ८ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै देशभर नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ११ हजार १ सय १८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार