विराटनगरमा कोरोनाका कारण थप एक जनाको मृत्यु

विराटनगरमा कोरोना भाइरस संक्रमणका कारण शुक्रबार थप एक जना पुरुषको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–९ का ५८ वर्षीय पुरुषको कोशी अस्पतालमा मृत्यु भएको थियो ।

मृत्युपछि परीक्षणका लागि उनको स्वाब संकलन गरिएको थियो । पीसीआर रिपोर्ट दिउँसो ३ बजे पोजेटिभ आएपछि कोरोना भाइरसकै कारण मृत्यु भएको पत्ता लागेको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनलाल दासले बताए ।

मृतकमा एक सतादेखि ज्वरो र खोकीको समस्या रहेको थियो । उनी उच्च रक्तचापको समस्याले पनि पीडित थिए । स्वास्थ्यमा समस्या भएपछि परिवारका सदस्यले निमोनिया हो भन्दै बाहिरकै निजी स्वास्थ्य संस्थामा उपचार गराएको र स्वास्थ्य अवस्था जटिल बनेपछि मात्रै कोशी ल्याइएको पाइएको मेसु दासको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार