
उदयपुर– लिम्चुङबुङ गाउँपालिकाको वडा नं. १ बाँस्बोटे वडा कार्यलयले खाद्य सामान, मासु जन्य बस्तु र अनाजहरुको मुल्य निर्धारण गरेको छ । बुधबार बसेको वडा कार्य समितिको वैठकको निर्णय अनुसार मुल्य निर्धारण गरिएको वडा अध्यक्ष भिम बहादुर राईले बताउनुभयो ।
उहाका अनुसार गाउँ घरमा दर भाउ एकै नास नभएको कारण मुल्य निर्धारण गर्नुपरेको जानकारी दिनुभयो । मुल्य निर्धारणमा सवै भन्दा बढी बंगुरको मासुको भाउ बढाईएको छ । किलोको २ सय रुपैया रहेको मासु अव प्रति किलो ३ सय रुपैयाँ कायम गरिएकोे छ । बंगुर पाल्दा अन्न बढी चाहिने भएको हुदा यस्को भाउ बढाउनु ठिक भएको नागरिकहरुको भनाई छ ।
वडा कार्यलयले मुल्य निर्धारण गरेको मासु तथा अनाजको भाउ हेर्नुहोस ।
मासु जन्य बस्तु
१. खसीको मासु प्रति के.जी. रु ७००।
२. रांगाको मासु प्रति के.जी. रु ३००।
३.बंगुरको मासु प्र.ति. के.ज. रु ३००।
४.लोकल कुखुरको प्रति के.जी. रु ६००।
५.माछा प्रति के.जी रु ५००।
६.परेवा प्रति जोडी रु ३००।
७.पठिया (पठ्याङग्रा) को मासु प्रति के.जी. रु ३००।
८.घिउ प्रति माना रु ३००।
९. मह प्रति माना रु ३००.
१०. ब्रोईलर कुखुराको मासु प्रति के.जी रु ३६०।
अनाज बस्तुको मुल्य
१.मकै प्रति पाथी रु १००।
२.धान प्रति पाथी रु ९०।
३.कोदो प्रति पाथी रु १००।
४.गहुँ पति पाथी रु १००।
५.जुनेलो प्रति पाथी रु १००।
६.मास कालो प्रति पाथी रु ४८०।
७.मास रातो प्रति पाथी रु ४००।
८.कान्ले बोडी प्रति पाथी रु ३००।
९.जरे÷धनकुटे÷ राजमा बोडी प्रति पाथी रु ४००।
१०. गहत कालो÷रातो प्रति पाथी रु ३००।