ल्वाङ खानुका फाइदै फाइदा, यसरी यसरी हुन्छ चमत्कारी

काठमाण्डौ – हरेक नेपालीको भान्सामा प्रयोग हुने गरममसलाका रुपमा प्रयोग हुने ल्वाङ विभिन्न औषधीको रुपमा प्रयोग गरिन्छ । यसलाई विभिन्न तरिकाबाट प्रयोग गर्न सकिन्छ । जस्तोः

एक लिटर पानीम ८– १० वटा ल्वाङ हालेर उमाल्ने र मनतातो भएपछि त्यो पानीलाई पिउने यसको प्रयोगले रुघा खोकी बिसो हुन्छ ।

पेटमा जुका परेको छ भने, ४–५ अटा ल्वाङ पिसेर एक चम्चा महमा मिसाउने र खाने यसो गर्नाले केही दिनमा नै यो समस्या हटेर जान्छ ।

यदि मुखमा घाउ आएको छ भने, ल्वाङलाई भुटेर मुखमा राखेर चुस्ने ।

नरिवलको तेलमा ८– १० ल्वाङ पिसेर हाल्ने र कपाल मसाज गर्ने ,यसो गर्नाले टाउको दुखाई कम हुन्छ ।
गर्धन दुखेमा ल्वाङको धुलो तोरीको तेलमा हाली मिसाएर मसाज गर्नाले दुखाई कम हुन्छ ।

दाँतको समस्या भएमा ल्वाङ पिसेर कागतीको रसमा राखी मिसाउने र खाने जसले दातको दुखाई कम गर्छ ।
एक लिटर पानीमा २३ वटा ल्वाङ पिसेर हाल्ने र पानीलाई उमाल्ने , चिसो भएपछि पिउने यसो गर्नाले पेटको दुखाईबाट राहत मिल्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार