मकै बालीमा बादर, दुम्सी र सुगाको आतंकः लिम्चुङबुङका कृषक चिन्तित

उदयपुर – पाक्न लागेको मकै बादर, दुम्सी, सुगा र लाम्पुच्छ्रे् चराले भस्म खान थालेपछि कृषकहरु निरास भएका छन् । लिम्चुङबुङ गाउँपालिकाको ५ वटै वडामा बादर, दुम्सी र सुगाले दिनकै मकै खाएपछि यहाँका कृषकहरु निरास भएका हुन् ।

राति दुम्सीले दिनमा बादर, सुगा र लाम्पुच्छ्रे चराले मकै सखाप हुने गरि खाएको बाँस्बोटेका कृषक मेघ जित राईले बताउनुभयो । एक रातमा दुम्सीले ४५ बोट सम्म मकै नष्ट गरेको कृषक राईले बताउनुभयो । बादर र सुगाले भने दिनमा खाने गरेको छ । बारीमा मकै रुङदा समेत हैरान पार्ने गरेको उहाले सुनाउनुभयो ।

वडाको बाँस्बोटे, ताम्लिछा, बाराहा, बलम्ता र जातेमा बादर र दुम्सी आतंकको ठुलो प्रभाव रहेको नेकपा उदयपुर जिल्ला सचिवालय सदस्य तथा लिम्चुङबुङ गाउँपालिका वडा नं २ का सल्लाहकार कृष्ण निरौलाले बताउनुभयो ।

वडा नं ५ जातेका कृषकहरुको फोन दिनकै आउने गरेको तर समस्याको समाधान आफुहरुसंग तत्काल नभएको वडा अध्यक्ष केशर बहादुर खड्काले जानकारी दिनुभयो । बादर, सुगा, र दुम्सीबाट मकै जोगाउन कठिन भएको कृषकहरुको भनाई छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार