ओखलढुंगाकी २२ वर्षीया पवित्रा माथि एसिड प्रहारः एसिड हान्नेको खोजी हुँदै

काठमाडौं । राजधानीमा नै दिनदहाडै एक युवतीमाथी एसिड प्रहार भएको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख श्यामलाल ज्ञवालीका अनुसार ओखलढुंगाकी २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार गरिएको हो ।

ज्ञवालीका अनुसार एसिड प्रहार गर्नेको खोजी भइरहेको र पिडित युवतीको तत्कालै उद्धार गरेर कीर्तिपुरस्थित मोडल अस्पतालमा उपचार सुरु गरिएको छ ।

उनलाई दही किन्न निस्केको समय छोपी अनुहारमा एसिड प्रहार गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ । उनको अनुहार जलेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार