स्रोत नखुलेको १६ लाख रकमसहित कम्प्युटर अपरेटर पक्राउ

काठमाडौँ, ८ साउन – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्रोत नखुलेको भेरी अस्पताल बाँकेमा कार्यरत कम्प्युटर अपरेटर अरुणराज खनाललाई पक्राउ गरेको छ ।

आयोगको नेपालगञ्जबाट गएको टोलीले खनाललाई रु १६ लाख १३ हजार ९७५ बराबरको स्रोत नखुलेको नगदसहित निजको कार्यकक्ष नजिकैबाट पक्राउ गरिएको प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनुभयो ।

खनालले विभिन्न फर्म तथा पसलबाट लिएको कमिशनबापतको रकम र चेकसमेत आफ्नो कार्यकक्षमा राखेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले सूक्ष्म अनुसन्धान गरिरहेको थियो । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार