१ सय ३ बर्षकी बृद्धाले कोरोना जितेपछि अस्पतालको बेडमै बियर पार्टी, तस्विर बन्यो भाइरल

न्युर्योक– अमेरिकाको म्यासाच्युसेटमा १ सय ३ बर्षकी बृद्धाले कोरोना जितेपछि अस्पतालको बेडमै बियर पार्टी दिएकी छन् ।लामो समय अस्पतालमा भर्ना गरिएकी ती बृद्धाले कोरोनालाई जितेपछि खुशीयाली मनाउन बियर पार्टी दिएको समाचारमा जनाइएको छ । आफुमा कोरोना संक्रमण नभएको भन्ने चिकित्सकको कुरा सुनेपछि खुशी भएकी ती बृद्धाले अस्पतालको बेडमै चियो बियर मगाएर खाईन ।

उनको सेवामा खटिएका अस्पतालका स्टाफहरुले उनको इच्छा सुनेपछि आफैले चिसो बियर किनेर अस्पतालको बेडमा नै खाने ब्यवस्था मिलाएको बताइएको छ । ति बृद्धाले बियर पिएको तस्विर सामाजिक संजालमा भाइरल भइरहेको छ । यसो त विश्वमा सबै भन्दा धेरै कोरोना संक्रमित अमेरिकामा भेटिएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार