
हरेक नेपालीहरुको भान्सामा प्रयोग हुने अदुवा निकै स्वादिलो मसलेदार परिकार हो । यसको प्रयोगले धेरै किसिमको रोग सन्चो हुन्छ । हामी यसलाई चिया तथा तरकारीमा प्रयोग गर्दछौ ।यसको सेवनले हुने फाइदाहर यस प्रकारका रहेका छन् ।
- यसमा हुने क्रोमियम, म्याग्नेसियम तथा जिंकले रगत प्रवाहलाई राम्रो गर्छ ।
- अदुवाको नियमित सेवनले मधमेहलाई नियन्त्रित राख्दछ । साथै यसले रगतमा कोलेस्टेरोलको मात्रा पनि कम गर्लछ । जसका कारण मुट रोगको जोखिम पनि कम हन्छ ।
- बिहानी पख वाक वाक लाग्ने समस्या भएकाहरुले बिहान अदुवाको सुठो चपाउनाले फाइदा गर्दछ । उल्टी हुनबाट रोक्दछ ।
- गर्भवती महिलामा हुने वाकवाकी ,क्यान्सर भएका तथा किमोथेरापी गरिरहेका बिरामीलाई आउने वाकवाकी पनि अदुवाको सेवनले सन्चो गर्दछ ।
- छाती तथा करङ दुख्ने समस्याको लाग िपनि अदुवाको प्रयोग लाभदायी हन्छ ।
यसको सेवनले कब्जियतको समस्या पनि कम हुन्छ । - यसको नियमित सेवनले ह्दयाघात र मस्तिष्कघातको जोखिममा कमी आउँछ ।
- यसले रुघाखोकी लाग्दा औषधिकै काम गर्छ । काँचो अदुवा मात्र होइन, सुकाएर पनि यसको प्रयोग गर्न सकिन्छ । जाडो मौसममा अदुवा राखेको चियाले धेरै फाइदा पुर्याउँछ । यसले शरीर न्यानो राख्नुका साथै घाँटीको खसखस, फ्लुसँगै देखिने अन्य रोगबाट समेत जोगाउँछ ।
न्यानो प्रकृतिको भएकाले जाडोमा यसको उपयोग प्रभावकारी हुन्छ । मौसमी रुघाखोकीमा पनि अदुवाको उपयोग राम्रो हुन्छ ।