सन् २०२२ मा हुने विश्वकप फुटबलको मिति सार्वजनिक

काठमाडौं । सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलको मिति सार्वजनिक गरिएको छ । कतार विश्वकपको उद्घाटन नोभेम्बर २१ तारिखमा अल बायत रंगशालमा हुने समाचारमा जनाइएको छ । प्रतियोगिताको समुह चरणका बेला हरेक दिन चार वटा फरक रंगशालामा चार खेल हुनेछन । बायत रंगशालाको दर्शक क्षमता ६० हजार रहेको छ । यसैगरी विश्वकपको फाइनल भने लुसेल रंगशालामा १८ डिसेम्बरमा हुनेछ ।

जहा ८० हजार दर्शक क्षमता रहेको छ । प्रतियोगिताको समुह चरणका बेला हरेक दिन चार वटा फरक रंगशालामा चार खेल हुने भए अनुसार कतारको खलिफा रंगशालामा प्लेअफ र तेस्रो स्थानका लागि खेल हुनेछन । यसअघि जुन र जुलाईमा हुँदै आएको प्रतियोगिता पहिलो पटक नोभेम्बरमा हुने भएको हो । कतारमा जुन जुलाईमा अत्याधिक गर्मी हुने भएकाले विश्वकप फुटबल नोभेम्बरमा सारिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार