उपत्यकामा कोरोना संक्रमितको संख्या ७१ पुग्यो

काठमाडौंः काठमाडौं उपत्यकामा बिहिबार थप २८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौंमा थप २८जनामा कोरोना भाइरसको संक्रमण देखिएको बताएका हुन् । त्यस्तै, नेपालमा पछिल्लो थप ४ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।

योसँगै नेपालमा हालसम्मको संक्रमित सख्या कुल १४ हजार ५ सय १९ पुगेको छ । यसैगरी ललितपुर र भक्तपुरमा २र२ जना संक्रमित थपिएका छन् । गत सोमबार काठमाडौैं उपत्यकाका आठ जनामा संक्रमण देखिदा मंगलबार १४ जनामा संक्रमण फेला परेको थियो ।

यस्तै बुधबार काठमाडौं उपत्यकामा थप १७ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो । बिहीबार थपिएका ३२ संगै पछिल्लो ४ दिनमा काठमाडौं उपत्यकामा संक्रमितको संख्या ७१ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार