लिम्चुङबुङको बलम्तामा ईन्जिनियर पढाई हुने

उदयपुर– लिम्चुङबुङ गाउँपालिकाको वडा नं. ४ मा रहेको श्री क्याप्टेन पर्शुराम पदमा राई माध्यमिक विद्यालयमा ईन्जिनियर पढाई सुरु हुने भएको छ । यहि आर्थिक वर्ष देखि भर्ना सुरु गरी कक्षा संचालन गर्न लागिएको विद्यालयका प्रमुख प्राध्यापक ज्ञावन सेर राईले बताउनुभयो ।

उदयपुर जिल्ला मध्येकै पहिलो चोटी लिम्चुङबुङ गाउँपालिकामा ४ वर्षे कम्प्युटर ईन्जिनियर सम्वन्धि कक्षा संचालन सुरु गर्न लागिएको उहाँले बताउनुभयो । पहिलो भर्ना कोटामा जम्मा ४० जनाको सिमा निर्धारण गरिएको उहाले जानकारी दिनुभयो । उहाका अनुसार पहिलो चोटी कक्षा संचालन हुने भएकाले विद्यार्थीका लागि निशुल्क भर्ना व्यवस्था गर्ने प्रयास भईरहेको बताउनुभयो ।

पढ्न ईछुक व्यक्तिले थप जानकारीका लागि यस नम्बरमा सम्पर्क गर्नुहोस ।
प्राध्यापकः  ज्ञावन सेर राई – ९८४२८३७१९०
सहायक प्र.अ. बिश्वराम राई –९८४२८७१०८३

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार