श्री क्याप्टेन पर्शुराम पदमा राई मा.वि.बलम्ता ६१ औं बर्षमा प्रवेश

सिमसन राई
उदयपुर– लिम्चुङबुङ गाउँपालिकाको वडा नं ४ बलम्तामा रहेको श्री क्याप्टेन पर्शुराम पदमा राई माध्यमिक विद्यालयकोे ६१ औं स्थापना दिवस मनाईएको छ । बुधबार ६० वर्ष पुरा गर्दै ६१ औं स्थापना दिवसमा लागेको सुखद अवसरमा विद्यालयको वरिपरी सरसफाई गर्दै कागती, सुन्तलाको विरुवा लगायत विभिन्न फुलहरु रोप्दै साझपख दिप प्रज्वलन गरेर स्थापना दिवस मनाईएको हो ।

विद्यालयको यस वर्ष भने फरक तरिकाले स्थापना दिवस मनाईएको छ । कोरोना भाईरसका कारण गत वर्षझै गर्दै आएको कार्यक्रमहरु सवै स्थगित गरेपछि फरक तरिकाले स्थापना दिवस मनाएको विद्यालयका प्रमुख प्राध्यापक ज्ञावनसेर राईले बताउनुभयो । गत वर्षहरुमा असार १५ गते सरसफाईसंगैै वृक्षा रोपन, १६ गते मंलसरी राई चाम्लिङ साहित्य पुरस्कार कोषबाट चाम्लिङ भाषामा विभिन्न विद्यामा गजल, कविता, मुक्तक लगायतका विषयमा प्रतिस्पर्धा गराउर्दै आएको र १७ गते विद्यालय स्थापना दिवस र अभिभावक दिवस मनाउदै आएको प्राध्यापक राईले जानकारी दिनुभयो ।

यस्तै कार्यक्रमहरुमा तं संसेरलाल राई स्मृति शिक्षा पुरस्कार वितरण, वार्षिक शिक्षक घोषणा र सम्मान, शान्ति जेष्ठ नागरीक सम्मान, डिग माया स्मृति जेष्ठ नारी सम्मान जस्ता कार्य गर्दै आएको थियो भने उत्कृष्ट हाजिर हुने विद्यार्थीलाई नगद पुरस्कार सहित सम्मान, दलितहरु मध्ये उत्कृष्ट हाजिर हुनेलाई पुरस्कार प्रदान र चाम्लिङ साछाम पुस्तक विमोचन गर्ने कार्यक्रमहरु गर्दै आएको तर यो वर्ष भने सवै स्थगित भएको सहायक प्राध्यापक बिश्वराम राईले बताउनुभयो ।

दिप प्रज्वलन कार्यक्रममा शिक्षक तथा कर्मचारी विद्यालय व्यावस्थान समिति, अभिभावक संघ, वडाका जनप्रतिनिधिहरु, स्थानिय बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार