मानेभञ्ज्याङ गाउँपालिका वडा नं ८ का १ सय बढी विपन्न परिवारलाई राहत वितरण

डेनिस मगर । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका वडा नं ८ राघवपुरका १ सय ५ घर परिवारलाई राहत वितरण गरिएको छ । शनिबार अति विपन्न तथा आर्थिक अवस्था कमजोर भएका स्थानियहरुलाई राहत वितरण गरिएको हो ।

सामाजिक अभियान्ता रमेश कुमार मगरको सयोंजकमा विदेशमा बसेका नेपालीहरुबाट संकलित रकम जम्मा २ लाख ३२ हजार ९ सय ३३ रुपैयाँ ९१ पैसा बराबरको खाद्यन्न खरिद गरी वितरण गरिएको मानेभञ्ज्याङ गाउँपालिका वडा नं ८ का वडा अध्यक्ष भिम बहादुर बलाम्पाकी मगरले जानकारी दिनुभयो । जस्मा ३० केजी चामल, दाल, नुन सहित खाने तेल वितरण गरिएको छ ।

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिट १९ निष्क्रिय र्पान सरकारले लगाएको लक डाउनका कारण सबै नेपालीलाई यसले प्रभाव पारेको भएपनि दैनिक मजदुरी गरेर परिवार चलाउँदै आएका, आर्थिक अवस्था कमजोर भएका, अपांग, एकल महिलाहरुलाई उच्च प्राथमिकतामा राखेर राहत वितरण गरेको संयोजक रमेश कुमार मगरले बताउनुभयो ।।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार