मानेभञ्ज्याङ गाउँपालिकाको स्वास्थ्य शाखाद्धारा गर्भवती जोडी कार्यक्रम संचालन

ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाका स्वास्थ्य शाखाले गर्भवती जोडी कार्यक्रम संचालन गरेको छ । मानेभञ्ज्याङ गाउँपालिका स्वास्थ्य शाखाले केतुकेमा आयोजना गरेको कार्यक्रममा गर्भवती महिलाहरुलाई अभिमुखी कार्यक्रम प्रदान गरेको हो ।

उक्त अभिमुखीकरण कार्यक्रमा गर्भवतीमा देखा पर्ने खतराका लक्षणको जानकारी, गर्भवती स्यहार, स्वास्थ्य संस्थामा प्रसुतीका फाईदाहरु, सुत्केरी स्याहार, नवशिशु स्याहार, मातृमृत्युका कारण, रक्तस्राप, सन्तुलित भोजनको बारेमा जानकारी तथा परार्मश दिईएको स्वास्थ्य प्रमुख विश्वराज दाहालले बताउनुभयो ।

गर्भवती जोडी कार्यक्रम अन्र्तगत २६ जोडीले सेवा तथा परामर्श लिएको केतुके स्वास्थ चौकीका प्रमुख उमेश तामाङले जानकारी दिनुभयो ।

कार्यक्रम प्रभावकारी ढंगले संचालन भईरहेको स्वास्थ्य शाखा संयोजक
दुखी राउतको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार