लिम्चुङबुङ गाउँपालिकाले प्रस्तुत ग¥योे ३५ करोड ५९ लाख बजेट

उदयपुर– लिम्चुङबुङ गाउँपालिकाले आर्थिक वर्ष ०७७/७८ का लागि ३५ करोड ५९ लाख ५६ हजारको वजेट प्रस्तुत गरेको छ । “लिम्चुङबुङ विकासको मुख्य आधार कृषि पर्यटन र पुर्वाधार” भन्ने मुल नारा अनुरुप बुधबार सातौ गाउँसभालाई सम्बोधन गर्दै लिम्चुङबुङ गाउँपालिकाकी उपाध्यक्ष रमिला राईले उक्त वजेट प्रस्तुत गर्नु भएको हो । चालु आर्थिक वर्ष ०७७/७८ को लागि पुर्वाधार विकास तर्फ ८ करोड बजेट विनियोजन गरिएको उहाले जानकारी दिनुभयो ।

यस्तै गाउँपालिका गौरवको आयोजनाहरुको रुपमा ९ ओटा आयोजनाहरु छनोट गरिएको र उक्त कार्य संचालनको लागि ७ करोड विनियोजन गरिएको छ । त्येस्तै सामाजिक विकास तर्फ, शिक्षा, स्वास्थ्य, समावेशीकरणको क्षेत्रका लागि ४ करोड ३७ लाख ५६ हजार रहेको छ । विद्यालय निधि अन्तर्गत २ करोड ५० लाख, कृषि, पशुविकास, पर्यटन, शहरी क्षेत्र विकासका लागि २ करोड ३० लाख बजेट विनियोजन भएको छ । यता आवश्यक कोष व्यावस्थापनका लागि १ करोड ३० लाख, वाताबरण संरक्षण तथा विपद व्यवस्थापन तर्फ ५४ लाख, संस्थागत विकास तथा सुशासन अभिवृद्धि तर्फ १५ लाख, यस्तै अन्य सामाजिक समावेशीकरणको निति अनुरुप २ लाख विनियोजन गरिएको बजेट वक्तव्यमा उल्लेख छ ।

आर्थिक वर्ष ०७७/७८ को वजेटमा लिम्चुङबुङ गाउँपालिकालाई वित्तिय समानिकरण तर्फ ६ करोड ९७ लाख, सर्शत अनुदान तर्फ बाट १३ करोड २१ लाख तथा राजश्व बाडफाडको हिस्सा ५ करोड ४७ लाख ८० हजार गरी संघीय सरकारबाट रु २५ करोड ६५ लाख ८० हजार प्राप्त हुने वक्तव्यमा जनाईएको ।

त्येस्तै प्रदेशबाट वित्तिय समानिकरण तर्फ प्राप्त हुने ७० लाख ३ हजार, सर्शत तर्फ रु १ लाख, राजश्व बाडफाड ( सवारी साधन कर) तर्फ रु ३० लाख, मालपोत रजिष्ट्रसन तर्फ रु २ लाख प्रदेश सरकारबाट रु १ करोड ३ लाख प्राप्त हुने अनुमान भएको उपाध्यक्ष राईले उल्लेख गर्नुभयो । सामाजिक सुरक्षा तर्फ रु १ करोड ७५ लाख प्राप्त हुने अनुमान छ ।

गाउँपालिकाको आन्तरिक आय तर्फ रु १५ लाख ७६ हजार संकलन गरिने लक्ष्य लिएको वजेटमा उल्लेख गरिएको छ । यस्तै आर्थिक वर्ष २०७७/७८ बाट अल्या भई आउने रकम अनुमानित रु ७ करोड समेतको गणना गरेर आगामी आ.व. ०७७/७८ को लागि कुल आय रु ३५ करोड ५९ लाख ५६ हजार बजेट सिमा निर्धारण गरेको जानकारी दिईएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार