लिम्चुङबुङ गाउँपालिकाले ल्यायो उत्कृष्ट निति तथा कार्यक्रम

  1. उदयपुर– लिम्चुङबुङ गाउँपालिकाले बुधबार सातौ ऐतिहासिक गाउँ सभाको आयोजना गर्दै आगामी आर्थिक बर्ष २०७७/७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। । “विकासको मुख्य आधार कृषि पर्यटन र पुर्वाधार” भन्ने मुल नारासहित पालिकाका अध्यक्ष मेजर कुमार राईले उक्त निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । नयाँ निति तथा कार्यक्रम्मा गाउँपालिकाको समग्र भौतिक पुर्वाधार क्षेत्रको एकिकृत र सुव्यवस्थित विकासका लागि दिर्घकालिन गुरुयोजना निर्माण गरी कार्य सम्पन्न गर्ने गरि निति तथा कार्यक्रम ल्याएको अध्यक्ष राईले बताउनुभयो ।

प्रस्तुत गरिएको निति तथा कार्यक्रम्मा घुर्मी– चतारा– कोसी कोरीडोर मार्फत काठमाण्डौ लगायतका अन्य जिल्लाहरुसंग द्रुत सडक जोड्ने जस्ता नितिलाई अगाडी बढाईएको छ । पालिकाले स्थानिय सडक, कृषि सडकहरुको वर्गिकरण गरी व्यवस्थित गर्ने उच्च निति लिएकोे छ । गाउँपालिका स्तरिय, जिल्ला, प्रदेश तथा संघिय स्तरमा परेका यातायातका गुरुयोजना सडकहरुलाई प्राथमिकताका आधारमा डिपीआर गरि क्रमश बाह्रै महिना संचालन गर्दै कालोपत्रे बनाउने तर्फ संघीय तथा प्रादेशिक निकायमा पहल गर्ने भएको छ । वडा कार्यलयबाट गाउँपालिका जोड्ने सडकहरुलाई समेत बाह्रै महिना सवारी साधन संचालन हुन सक्ने गरी प्राथमिकता दिएको छ ।

यस्तै खानेपानीको हकमा सुनकोसी खानेपानी आयोजना संचालनमा ल्याई गाउँपालिका बासीलाई सहज र स्वच्छ पिउने पानी उपलव्ध गर्ने भएको छ । अन्य स्थानिय स्तरमा भएको पानिको मुहानलाई संरक्षण तथा संर्वधन र प्रयोग गरि टोल विकास संस्था समुदाय संघसंस्थामा पु¥याउने निति लिएको छ ।
यता विद्युत तथा वैकल्पिक उर्जामा एक वर्ष भित्र गाउँपालिकामा विद्युतिकरण गरिसक्ने भएको छ । बढीमा दुई वर्ष भित्र प्रत्येक नागरिकको घर घरमा बत्ति पुगिसक्ने छ ।

यस्तै पर्यटकिय क्षेत्र सार्वजनिक भवन, बजार, समुदाय क्षेत्रमा सौर्य सडक बत्ति जडान गर्ने निति तथा कार्यक्रम्मा प्रस्तुत गरिएको छ । लिम्चुङबुङ गाउँपालिकाको बजार क्षेत्रहरुलाई व्यवस्थित शहरी विकासका लागि शहर तथा वस्ती विकासमा योजना निमार्ण गरि कार्यन्वयन गरिने भएको छ ।
यता गाउपालिकाको निति तथा कार्यक्रम्मले कृषि, पर्यटन, संस्कृति, उद्योग, बजार व्यावस्थापन, गरिवी न्युनिकरण तथा उद्यमशीलता विकास, सामाजिक विकास निति, खेलकुद, स्वास्थ्य, लैगिंक समान्ता तथा समावेसीकरण, महिला, बालबालिका, जेष्ठ नागरीक, दलित, आदिबासी जनजाती, अपाङग, युवा, श्रम तथा श्रमीक, लोपोन्मुख सिमान्तकृत जातिहरुलाई समेत समेटेर उत्कृष्ट कार्यक्रमकको निति अगाडी बढाएको छ ।

यसैविच गाउँ सभालाई सम्बोधन गर्दै लिम्चुङबुङ गाउँपालिकाका उपाध्यक्ष रमिला राईले आर्थिक वर्ष ०७७/७८ का लागि वजेट प्रस्तुत गर्नुभएको छ । उहाले जम्मा ३५ करोड ५९ लाख ५६ हजारको वजेट प्रस्तुत गर्नुभएको हो । चालु आर्थिक वर्ष ०७७/७८ को लागि पुर्वाधार विकास तर्फ ८ करोड बजेट विनियोजन गरिएको उहाले जानकारी दिनुभयो । यस्तै गाउँपालिका गौरवको आयोजनाहरुको रुपमा ९ ओटा आयोजनाहरु छनोट गरिएको र उक्त कार्य संचालनको लागि ७ करोड विनियोजन गरिएको छ ।

त्येस्तै सामाजिक विकास तर्फ, शिक्षा, स्वास्थ्य, समावेशीकरणको क्षेत्रका लागि ४ करोड ३७ लाख ५६ हजार रहेको छ । विद्यालय निधि अन्तर्गत २ करोड ५० लाख, कृषि, पशुविकास, पर्यटन, शहरी क्षेत्र विकासका लागि २ करोड ३० लाख बजेट विनियोजन भएको छ ।

यता आवश्यक कोष व्यावस्थापनका लागि १ करोड ३० लाख, वाताबरण संरक्षण तथा विपद व्यवस्थापन तर्फ ५४ लाख, संस्थागत विकास तथा सुशासन अभिवृद्धि तर्फ १५ लाख, यस्तै अन्य सामाजिक समावेशीकरणको निति अनुरुप २ लाख विनियोजन गरिएको बजेट वक्तव्यमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार