नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ९ हजार नाघ्यो

  ahakhabar - आहा खबर   

काठमाण्डौ – नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या नौ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा चार सय २१ जना थपिएसँगै कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या नौ हजार २६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार कुल सङ्क्रमितमध्ये आठ सय २० जना महिला र आठ हजार दुई सय ६ जना पुरुष रहेका छन् ।

गएको २४ घण्टामा एक सय ९४ जना कोरोनामुक्त भएर घर फर्किएसँगै निको हुनेको सङ्ख्या एक हजार सात सय ७२ पुगेको छ ।

त्यस्तै कोरोना भाइरस सङ्क्रमणको कारण अहिलेसम्म २३ जनाको ज्यान गएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार