भाग्य परिवर्तन हुनका लागि छोरी नै जन्मिनु पर्दछः तथ्य

  ahakhabar - आहा खबर   

काठमाडौ । स्त्री हरुको स्वभाव र पुरुषहरुको भाग्य स्वयम् भगवान् लाई पनि थाहा हुदैन भन्छन कहिले र कहाँ गएर परिवर्तन हुन्छ भनेर । मानिसको भाग्य तीन तरिकाबाट परिवर्तन हुन्छ भनेर ज्योतिष तथा वस्तुशास्त्रका ठूलाठूला ग्रन्थ हरुमा उल्लेख गरिएको छ । घर बनाएर नयाँ घरमा सर्दा खेरि त्यस्तै विवाह गरिसकेपछि र सन्तान जन्मेपछि मानिसको भाग्य परिवर्तन हुनेकुरा ज्योतिषीहरुले जानकारी गराएका छन । कसैका राम्रो हुन्छ भने राम्रो हुने हरुको लागि सन्तान गर्भमा आएदेखि नराम्रो तथा धन सम्पत्ति नोक्सान गर्ने तरिकाले आउने गर्छन् ।

शुभ तथा अशुभ भन्ने कुरा समयले जानकारी गराउने हो । राम्रो समयमा राम्रो तथा नराम्रो समयमा खराब दशामा जन्मिएका हुनाले अशुभ हुने हुन्छ । सन्तान भएर मात्रै सुखी हुन्छ भनेर भन्नू हाम्रो कल्पना मात्रै हो । बुवा आमाको लागि सन्तान बाट सुख हुने योग छकिछैन त्यो महत्त्वपूर्ण हुन्छ । यदि सन्तान सुख हुने योगनै नभएको समयमा जतिसुकै सन्तान जन्माएर पाले पनि ती सन्तानले सुख दिनुभन्दा पनि उल्टो दुख तथा नोक्सान पुर्याउने गर्दछन् । सन्तान हरुमा छोरिको महिमा त शास्त्रमा कति हो कति वर्णन गरिएको छ ।

मारर्कण्य ऋिषीले स्त्रीको महिमा लेख्दा लेख्दै मारकण्य पुराण नै लेखेका थिए तेसैले छोरा खोज्ने समाजका लागि उक्त पुस्तक महत्त्वपूर्ण हुनेछ ।ज्योतिषका ग्रन्थ हरुमा सबैभन्दा ठुला योग हरुमा निर्माणमा पुरुषको तुलनामा महिलाकै ठूलो योग हुने गर्दछ । जस्तो सुकै शक्तिशाली पुरुष भएता पनि महिलाले चाहेमा केही समयमै कमजोर बनाईदिने शक्ति महिलामा हुने गर्दछ । प्रकृतिले महिलालाई धेरै प्राकृतिक गुणहरु प्रदान गरेको छ । सहनशीलता, धैर्यता, लक्ष्यिणता, इमानदारीता लगायतका धेरै गुणहरु दिएको छ । नारीको महिमा धर्मशास्त्रले धेरैनै गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार