ससुराले दाइजोको रुपमा दिए ज्वाइलाई २१ वटा सर्प

एजेन्सी – दाइजो प्रथा नेपाल, भारत लगायतका देशमा अहिले पनि छ । बिहे गरेर घर पठाएकी छोरीलाई उपहारको रुपमा आर्थिक अथवा अन्य सामाग्री दाइजोको रुपमा दिन्छ । तर भारतको मध्यप्रदेश प्रान्तमा बस्ने गौरिया समुदायका एक बाबुले छोरीलाई बदिाई गर्दैगर्दा ज्वाईको हातमा दाइजो स्वरुप २१ वटा सर्प थमाइदिएको समाचार भाइरल बनिरहेको छ ।

सर्प दाइजो नदिएमा छोरीको वैवाहिक सम्बन्ध छिट्टै नै टुट्ने विश्वास राख्ने यो समुदाय सर्पसँग कत्तिपनि डराउँदैन । खासमा सर्पबाट नै मनग्य आम्दानी गर्ने यो समुदायले सर्प समाएर मानिसहरुलाई देखाउने र नचाउने गरेरै मनग्य आम्दानी गर्दै आएका छन् ।

त्यहीबाट भएको कमाइले नै जिविकोपार्जन गर्दै आएका छन् । जसकाकारण दाइजोमा दिइएका सर्पले नयाँ ज्वाइँले दाइजोमा पाएका सर्पहरुको सहयोगमा कमाई गर्न सकोस् भन्ने उदेश्यले नै सर्प उपहारमा दिने चलन छ । यो समुदायले आँफुले पालेको सर्प मरेको खण्डमा मानिसले झै पूरै कपाल मुण्डन गरेर शोक नै मनाउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार