बिहे भएको दुई घण्टा नबित्दै श्रीमानले सम्बन्ध बिच्छेद गरेपछि खैलाबैला

एजेन्सी– विबाह भनेको सातै जन्म सातै जुनी एकसाथ उक्त जोडी सँगै रहोस् भन्नका लागी हो । तर अचेल बिहेका परिभाषा फेरीएका छन् ।बिहे केही घण्टाका लागी मात्रै सिमित हुन थालेका छन् । यस्तै दृश्य देखियो हालै साउदीमा । जहाँको एक जोडीको विवाह दुई घण्टामात्र टिकेको छ ।

स्न्यापच्याटमा फोटो पठाएको भन्दै ती श्रीमानले आफ्नी नवदुलहीसँग सम्बन्धविच्छेद गरेका छन् । श्रीमतीले विवाह समारोहको एउटा फोटो साथीलाई देखाएपछि सम्झौता विपरित भएको भन्दै विबाह बेहुलाले सम्बन्धविच्छेद गरेका हुन् । साउदी मिडियाका अनुसार दुबैले कार्यक्रमको तस्बिर र भिडियो सेयर नगर्ने भन्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार