कोरोनाको महामारीमा इबोला भाइरसको नयाँ संक्रमण, ४ जनाको ज्यान गयो

काठमाडौं – कंगोमा इबोला भाइरसको नयाँ संक्रमण देखापरेको छ। कोरोना महामारीसँग जुधिरहेको बेला फेरी कंगोले इबोलाको सामना गर्नुपरेको हो । पश्चिमी सहर मब्बनडाकामा इबोला भाइरसबाट ४ जनाको ज्यान गएको बताइएको छ ।

इबोला भाइरस महामारीको अन्त्य घोषणा गरिएको कंगोमा नयाँ संक्रमण देखिए पछि त्रास पैदा भएको छ । हालै संक्रमित फेला परेको स्थानभन्दा हजार किलोमिटर टाढा अहिले पुनः यसको संक्रमण देखिएको र त्यस स्थानमा अहिले चिकित्सकसहितको टोली पठाइसकिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार