शिक्षाको लागि लगानी, साहस नेपाल उदयपुरले एक विद्यालयलाई यसरी सहयोग गरे

उदयपुर – साहस नेपाल उदयपुरले एक विद्यालयलाई झन्डै २ लाख रुपैयाँ बराबरको फर्निचर सामग्री प्रदान गरेको छ । जिल्लाको ताप्ली गाउँपालिका वडा न.१ मा रहेको श्री महेन्द्र आधारभुत विद्यालय सोरुङ पोखरीलाई साहस नेपालले शुक्रबार एक कार्यक्रमका बीच उक्त फर्निचर हस्तान्तरण गरेको हो । स्कुलको आफ्नै लगानी २८ हजार रुपैयाँ र साहस नेपाल उदयपुरले एक लाख ७० हजार रुपैयाँ जम्मा गरि सामान खरिद गरेको थियो ।

जस्मा फलामको बेन्च ८ जोर, जुट कार्पेट २५ मिटर बराबरको १ थान, पिभिसी कार्पेट २५ मिटरको १ थान, टेबल २ थान, दराज स्टिलको १ थान, कुर्सी २ थान, टि टेबल ५ थान, डस्बिन ५ थान, बाल्टिन ५ थान, डस्ट्प्यान ५ थान, डोरम्याट ५ थान, शौचालय ब्रस ५ थान, तौलिया २ थान, साबुन १ दर्जन, नैनी ६ थान र हर्पिक ४ डिब्बा विद्यालयलाई हस्तान्तरण गरेको साहस नेपाल परियोजना उदयपुरका अधिकृत देबेन्द्र थिङले बताए ।

विद्यालयमा देखिएको समस्यालाई मध्य नजर गर्दै शिक्षा क्षेत्रमा टेवा पुर्याउने उदेश्यका साथ उक्त सामग्री उपलब्ध गरिएको हो । यश कार्य संगै विद्यालयको पठनपाठनमा सुधार हुने बिश्वास लिईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार