संगित नै सपना, सपना नै संगित

अनुज खड्का
पौष २५, खोटाङ / खोटाङ जिल्लाको खोटेहाङ गाउँपालिका वडा नम्बर ८ सिमपानीमा जन्मिएका सुवास चाम्लिङ राई नेपाली सांगितिक आकाशमा सम्भाबना सहित उदाएका एक कुशल गायक हुन । जादुमय स्वरका धनी सुबास नेपाली सुगम संगितमा आफ्नो भबिष्य बनाउन भन्दै निरन्तर संगितमा लागेको आज एक दशक पुग्नै लागेको छ । यस दौरानमा उनले हाई भोल्टेज नामक एल्बम समेत बजारमा ल्याईसकेका छन । खोटाङ जिल्लाले जन्माएका थुप्रै प्रतिभाहरु मध्य सुबास पनि एक हुन । उनी भन्छन “म गाउनकै निम्ति जन्मिएको रहेछु । सानोमा पनि मलाई गाउन खुब्बै मन पर्थ्यो । संगित भनेपछी मेरो सबैथोक हो जस्तो लाग्छ ।” तर नेपाली गितसंगितको बजार देखेर भने उनी दिक्क भएका छन ।

संगित क्षेत्रमा नै आफ्नो भबिष्य खोजिरहेका सुबास एक अद्वितीय प्रतिभामुलक सम्भाबना भएपनी अवसरहरुले उनलाई कहिल्यै नचिनेको उनको गुनासो छ । खोटाङ जिल्लाको सामान्य परिवारमा जन्मिएका उनी अभाबमा नै हुर्किए । तर पनि उनी भित्र गायकीको असाधारण क्षमता पनि उनिसङ्गै हुर्कदै गयो । जति नै अभाबका बिचमा पनि गित गाउने उनको सपना भने तुहिएन । परिवारको आर्थिक स्थितिले उनिभित्रको क्षमतालाई दबाउन सकेन । उनी हरदम एकदिन आफ्नो स्वरको जादुले देश र दुनिया गुन्जिएको सपना देखिरहे । त्यही अनुसार मेहेनत पनि गरिरहे । यहि बिचमा उनी ४ बर्ष वैदेशिक यात्रामा पनि गए ।

सपना त थियो तर सपना पूरा गर्न चाहिने पैसा भने साथमा थिएन । त्यसैले गर्दा उनी वैदेशिक रोजगारीमा पुगेका थिए । जब उनी वैदेशिक रोजगारीबाट फर्किए तब उनले हाई भोल्टेज नामक एल्बम बजारमा लिएर आए । उक्त एल्बममा समाबेश शिर्ष गितले उनको सपनालाई केही हदसम्म पूरा त गर्यो । तर पनि उनलाई ब्यबसायिक रुपमा नेपाली संगित क्षेत्रमा स्थापित गराउन भने सकेन । त्यसैले पनि नेपाली गितसंगितको बजार देखेर उनी कहिलेकाही निक्कै दुखी हुने गरेका छन ।

तरपनी उनले हिम्मत भने हारेका छैनन । उनलाई आफ्नो मेहेनतमा अझै बिस्वास छ । त्यसैले उनी निरन्तर नेपाली संगित क्षेत्रमा कृयाशिल रहेका छन । “नेपाली गितसंगितको बजारले यस क्षेत्रमा निष्ठापुर्बक लागिरहेका हरेकलाई निराशा मात्र दिने गरेको छ । एक त राज्यले नै उचित स्थान र व्यवस्थापन गर्न सकिरहेको छैन भने अर्को यहाँ भित्रको सेन्टिगेटले पनि सर्जकहरुलाई मारिरहेको छ ।” उनले भने ।

जति नै राम्रो सिर्जना भएपनी चल्न र चलाउन आफ्नो पहुच नै चाहिने अवस्थाका कारण नेपालमा कलाकारहरु दिनप्रतिदिन मरिरहेका छन । हजारौ मानिसहरु सपना र सम्भाबना बोकेर कला क्षेत्रमा प्रबेश गर्दछन । तर यहाको बजारले भने उनिहरुलाई सधै निराश बनाईदिन्छ । धेरै कलाकारहरु त संघर्षबाट थाकेर फर्किन्छन र कुटो कोदालो समाउन बाध्य हुन्छन । तर सुबासमा भने हिम्मत अझै बाकी छ । उनी भन्छन “निरन्तरताले एकदिन पक्कै सफलतासम्म पुर्याउने छ । म अहिल्यै हार मान्दिन । अवसरहरुले नचिनेपनी म अवसरहरुलाई पच्छ्याउन छोड्दिन । मलाई एकदिन आफ्नो प्रतिभाले नै सफल बनाउने छ ।”

जिन्दगीमा सधै अभाब देखेर हुर्किएका सुबास संघर्षलाई जीवनको एक महत्वपुर्ण कडी ठान्दछन । उनी मेहेनतमा बिस्वास राख्छन र निरन्तरतालाई कहिल्यै त्याग्दैनन । उनको यहि निरन्तरताले एकदिन उनलाई नेपाली संगुताकाशको त्यो उचाईमा पुर्याईदिने छ, जहाँ उनको प्रतिभाले नै उनलाई चिनाउने छ । उनले अहिले बजारमा ल्याउन लागेको सेवा सेवारो बोलको गित प्रती उनको निक्कै ठूलो आशा रहेको छ ।

सुबास चाम्लिङको गित सुन्न तलको लिङ्कमा क्लिक गर्नुहोला ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार