कट्रिनाको तस्बिरले बढ्यो फ्यानको दिलको धड्कन

मुम्बइ । अभिनेत्री कट्रिना कैफको हट अवतारका तस्बिरले अक्सर सामाजिक संजाल तताउने गर्दछ । तस्बिर मार्फत फ्यानको दिलको धड्कन समेत बढाउने गर्छिन् ।

अहिले पनि कट्रीनाको केही यस्ता तस्बिर सार्वजनिक गरेकी छन् । जुन तस्बिरले जो कोहीको पनि दिलको धड्कन बढाउन सक्छ । तस्बिरमा कट्रिना निकै हट एण्ड क्युट देखिएकी छन् ।

कट्रिनाले तस्बिर एक चर्चित इन्डियन म्यागजिनका लागि खिचाएकी हुन् । तस्बिरका लागि उनले सेक्सी आउटफिटको प्रयोग समेत गरेकी छन् ।

सार्वजनिक केही तस्बिरमा कट्रिना फरक फरक ड्रेसअपमा देखिएकी छन् । एक तस्बिरमा उनले पिंक एण्ड गोल्डेन कलरको स्टाइलिस ड्रेस समेत प्रयोग गरेकी छन् । यो ड्रेसअपमा उनी बोल्ड देखिएकी छन् ।
अर्को एक ड्रेसमा कट्रीनाले अरेन्ज कलरको वानपिस लगाएकी छन् । यसमा पनि उनलाई निकै हट देख्न सकिन्छ ।

अर्को एक तस्बिरमा उनी ग्रीन कलरको ड्रेसअपमा देखिएकी छन् । तस्बिरमा देखिएको उनको पोज फ्यानको ढुकढुकी बढाउने खालको रहेको छ ।

उनी पीच कलरको वेस्ट कट वान पिसमा पनि देखिएकी छन् । जुन लुक पनि कट्रीनाको अहिलेसम्मकै फरक भएको दावी गरिएको छ । स्रोतः रातो पाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार