टेवलमा उत्तानो परेर अमिर खानकी छोरीले हातमा वाइन लिएको गिलास सामाजिक संजालमा भाइरल

मुम्बई । बलिउड अभिनेता आमिर खानकी छोरी इरा खान अहिले सामाजिक सञ्जालमा चर्चाको पात्र बनेकी छिन् । मोडलिङ क्षेत्रमा सक्रिय रहेकी इरा सामाजिक सञ्जालमा तस्विर पोष्ट गर्ने काममा पनि सक्रिय छिन् ।हातमा वाइनको गिलास लिएर टेवलमा उत्तानो परेर पोज दिएकी इरा पछिल्लो समय सोही तस्विरको कारण चर्चाको पात्र बनिन् । फोटोसुट गरेपछि इराले उक्त तस्विर सामाजिक सञ्जालमा पोष्ट गरेकी थिइन् । इरालाई अभिनयप्रति मोह छैन ।

उनी फिल्म बनाउन चाहन्छिन् । उक्त तस्विरमा इरा निकै सुन्दरी देखिएकी छिन् । उनले उक्त तस्वीर उनले इन्स्टाग्राममा शेयर गरेकी छिन् । रातो ड्रेस लाएकी इरा कुनै परि भन्दा कम देखिएकी छैनन् । तस्विर शेयर गदै उनले लेखेकी छिन् । सटर्डे नाइट भाइब । केही समय पहिले इरा आफ्नो प्रेम सम्बन्धका कारण पनि चर्चामा आउने गरेकी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार