आमिर खानकी छोरी इराको अचम्मको फोटोसुट, देखियो ग्ल्यामरस अवतार

बलिउड नायक आमिर खानकी छोरी इरा खानको अचम्मको फोटोसुट अहिले सोसल मिडियामा चर्चामा आएको छ । फोटोमा इरा खानलाई निकै ग्ल्यामरस अन्दाजमा देखिएको छ । इराले फोटो सेयर गर्दै लेखेका छन् ‘तिमी को हौ ?

उनको मेकअप पनि अचम्मको छ । इराले इन्स्टाग्राममा उक्त फोटोसुटका विभिन्न तस्बिर सेयर गरेकी छिन् । फोटोमा इराले निकै अचम्मको पहिरन पनि लगाइरहेको देख्न सकिन्छ ।

मानिसहरुले उनको फोटोसुटमा ‘मेरो स्वप्न परी, ग्ल्यामरस, सुन्दर’जस्ता कमेन्ट गरिरहेका छन् ।

स्मरण रहोस्, इरा खान सोसल मिडियामा निकै सक्रिय छिन् । उनका थुप्रै फ्यान फलोविङ छन् । सोसल मिडियामा उनका ७० हजार बढी फलोअर्स छन् ।

इरा खानको बलिउड डेब्यूको विषयमा पनि विभिन्न अनुमान गरिँदै छन् । गत वर्ष कफी विद करण शोमा आमिरले उनका छोरा जुनैद र छोरी इरालाई बलिउडमा रझान भएको बताएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार